चुनावको आचारसंहिता बारे निर्वाचन आयोगले सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । अगामी वैशाखमा तोकिएको निर्वाचनका लागि आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयेगको भनाई छ ।
आचारसंहिताको मस्यौदामा परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।
दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगको तयारी छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेपछि सडकमा आन्दोलन चर्किरहेका बेला आयोगले भने निर्वाचन तयारीका कार्यक्रमहरु गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार