नेपाल कम्युनिष्ट (माओवादी केन्द्र्र) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको छैठौँ राष्ट्रिय भेलाले जनक कामी (सागर)को अध्यक्षतामा ९९ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।
पोखरामा सम्पन्न सो भेलाले मोर्चाको उपाध्यक्षमा गणेश गोतामे, महासचिवमा अमृत सुनार, सचिवहरु हस्त बहादुर नेपाली, ताज परियार, गम्भिरे नेपालीलाई चयन गरिएको छ । यस्तै मोर्चाको कोषाध्यक्षमा अनिता नेपाली र बाँकी ९२ जना सदस्हरु चयन गरिएको छ । अध्यक्ष सागरका अनुसार एक जना सचिव मोर्चाको केन्द्रिय समितिको बैठक मार्फत मनोनयन गरिनेछ ।
यसअघि भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय अध्यक्ष कर्णजित बुढाथोकीले वर्गीय आन्दोलनलाई निरन्तरता दिदै जातिय मुक्तिको निन्ती यो देशका ६०–६५ लाख दलितहरु नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चामा गोलबन्द भइ व्यवस्था परिवर्तनका निम्ती एकजुट भएर संघर्ष गर्न आह्वान गरे । अध्यक्ष बुढाथोकीले दलित संघसंस्था, बुद्धिजिवि, बामपन्थि, मानवअधिकारकर्मी सवैलाई संगठनलाई सहयोग गर्न अनुरोध समेत गरे ।

भेलालाई पार्टीमा महाससचि नरेश शाही, सचिव मेख बहादुर खत्री, सिंहराज वि.क, अरुण घिसिङ, पार्टी स्थायी समिति सदस्य, पोलिट ब्युरो सदस्य, जनवर्गीय संगठनका प्रमुख लगायतले सम्बोधन गरेका थिए । भेलामा सहिद परिवार, घाईते अपांग, बुद्धिजिवि, बामपन्थि एंव देशभरिबाट प्रतिनिधि परिवेक्षयक र पत्रकार गरि ३५० जना भन्दा बढिको सहभागीताको रहेको थियो । मोर्चाका अध्यक्ष जनक कामीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मोर्चाका केन्द्रिय सचिव ताज परियार र संचालन मोर्चाका सचिव हस्त बहादुर नेपालीले गरेका थिए । जनसांस्कृतिक कलाकारहरुले स्वागत गितसंगै विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली राजनीतिक इतिहासमा मोर्चाले दश वर्षको शसस्त्र जनयुद्धमा प्रत्यक्ष सहभागीता, जातिय विभेद अन्त्यका लागि संघर्ष, जातिय आत्मरक्षा तथा समान सहभागिताका लागि पहल, मानविय मुल्य र मान्यता स्थापित गर्न निरन्तर संघर्ष गरेको अध्यक्ष सागर बताए ।
साथै वर्गरहित समाज निर्माणका लागि नेकपा (माओवादी केन्द्र)को राजनीतिक कार्यदिशा, वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने लक्ष्य अनुरुप फौजि कार्यदिशा, महान जनविद्रोह मार्फत क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्ने संकल्प अनुरुप नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले दक्षिण एसियामा भएका विभिन्न विभेदका विरुद्ध संघर्ष गर्दै दक्षिण एसियाली दलित मुक्ति केन्द्र निर्माण गर्नुका साथै मुलुकमा छरिएर रहेका दलित संघसंगठनहरुलाई रणनीतिक मोर्चा मार्फत एकताका लागि पहल गर्ने मोर्चाले जनाएको छ ।
अध्यक्ष सागरले नेपालको संविधानमा विशेषाधिकार सुरक्षित गर्न निरन्तर संघर्ष गर्ने समेत बताए । उत्पीडित जनसमुदाय, क्षेत्र, वर्ग, लिङ्ग र जातिय मुक्तिको निम्ती निरन्तर वर्ग संघर्षको बाटोमा रहिरहने प्रतिवद्धता जाहेर गरेका छन् ।




