पोखरा उपत्यका वृहत सरसफाई अभियानको २०१ औँ श्रृखलादेखी फेवाताल किनारको माटो निकाल्न थालिएको छ ।
पोखराको बिचभागबाट बग्ने फिर्के बुलौदी खोलाले बगाएर गाईघाट किनार फेवातालमा पुर्याएको माटो निकाल्न थालिएको अभियान्ताहरुले बताएका छन् ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल, नापी कार्यालय कास्की प्रमुख ई. खिमलाल गौतम र अभियानका संयोजक राम बहादुर पौडेलको ब्यक्तिगत खर्चमा गाईघाटमा थुप्रिएको माटो निकल्ने कामको शुरुवात गरिएको हो ।
राज्यको दायित्वमा रहेको उक्त कार्य नागरिक स्तरबाट सुरुवात गरिएको भएपनि अव यसलाई सम्बन्धित निकायहरुले अगाडी बढाउनु पर्ने अभियान्ताहरुको आग्रह छ ।





