स्वर्गीय रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार २०७६ स्वतन्त्रता सेनानी एंव अग्रज पत्रकार माधव शर्मालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकीको दोस्रो साधारण सभा एंव अधिवेसनको अवसरमा शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
स्वर्गीय रुद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्वारा सञ्चालित सो पुरस्कारको रासी नगद ५१ हजार १५१ रुपैयाँ रहेको छ ।
पुरस्कार पहिलो पटक अग्रज पत्रकार शर्मालाई प्रदान गरिएको हो ।




