नेपालका क्रान्तीकारीहरुले आज २६ औँ जनयुद्ध दिवस मनाउदैछन् । तत्कालिन नेकपा माओवादीको अगुवाईमा ०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा उनिहरुले यो दिवस मनाउन लागेका हुन् ।
नेपालका गाउँ गाउँमा परिवर्तनका विगुलहरु बजाउदै क्रान्तिको उभार ल्याउने ति शक्तिहरु आज विभाजनको शिकार बनेका भएपनि आ आफ्नै ढंगले यो दिवस मनाउदैछन् । दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
करिब १ दशकसम्म चलेको उक्त जनयुद्धमा १७ हजार बढि मानिसहरुको ज्यान गएको थियो । हजारौको संख्या वेपत्ता र घाईतेहरु रहेका विभिन्न अधिकारवादी संघसंस्थाहरुले बताउदै आएका छन् ।
https://googlepokhara.com/cm-prachanda/
सहिदहरुको सम्मान, वेपत्ताहरुको खोजि र घाईते अपांगहरुको उपचार तथा भरणपोषणमा राज्य उदासिन बनेको उनिहरुको आरोप छ । जनयुद्धको नेतृत्व गरेका सुप्रीमो क.पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको सरकार विरुद्ध सडक आन्दोलनमा रहेका छन् भने अर्का नेता डा.बाबुराम भट्टराई जसपाको नेतृत्व गरिरहेका छन् ।
मोहनवैद्य किरण नेपालको राजनीतिमा शिथिल देखिएका छन् भने नेत्रविक्रम चन्द विप्लव राज्य विरुद्धको आन्दोलनमा भुमिगत छन् । तत्कालिन नेकपा माओवादीका नेताहरु साना साना झुण्डहरु बनाएर टmुक्रे राजनीति गरिरहेका छन् ।
हजारौ पुर्व लडाकुहरुलाई अयोग्य भनि अपमान गरिएको छ भने, राज्यले उनिहरुको योगदानलाई अवमुल्यन गरिरहेको छ ।




