नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने कार्यमा प्राविधिक कमजोरी भएको स्विकार गरेका छन् । बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
“संघिय लोकतान्त्रीक गणतान्त्रीक नेपालको पहिलो जननिर्वाचित प्रधनमन्त्री भएपछिको पहिलो निर्णय जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने र उनिहरुलाई त्यहि अनुसारको सम्मान गर्ने भन्नेछ, तर दुर्भाग्य त्यो अहिले स्थापित हुन सकेको छैन्, उनले भने, त्यसमा केही प्राविधिक हामीले पनि तत्काल राजपत्रमा प्रकाशित गर्ने काममा ध्यान कम गयो, र त्यसलाई प्राविधिक रुपले विस्थापित गर्ने काम पनि भयो ।”

तर, कालान्तरमा सहिदहरुको सपना साकार पार्ने कार्यमा नेतृत्व सदैव तत्पर रहने उनले विश्वास दिलाएका छन् । मुलुकको युगान्तकारी परिवर्तनमा शान्ति सम्झौता, सेना समायोजन र हतियारको व्यवस्थापन लगायत ऐतिहासिक काम भएको उनले दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार