गण्डकी प्रदेशमा फाल्गुन २ गतेदेखी दोस्रो चरणमा खोप लगाउने लक्षित समुहहरुलाई १ गते साँझ ५ बजेसम्म नाम टिपाउन स्वास्थ्य निर्देशनालय गण्डकीले अनुरोध गरेको छ ।
दोस्रोचरणमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीहरु, स्थानिय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु, निजामति सेवाका कर्मचारीहरु, जनपद प्रहरी, बोर्डरमा खटिने शसस्त्र प्रहरी, बैक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी र पत्रकारहरुलाई खोप लगाईने भएको छ ।
खोप लगाउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयहरुमा आफ्नो नाम टिपाउन निर्देशनालयले अनुरोध गरेको हो ।




