नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई राज्य विरुद्धको कसुर गरेको भन्दै महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिब्यक्ति दिएको आरोप सरकारी पक्षको छ । ‘हामीले कहिल्यै नखोसिने लोकतन्त्र ल्याएका थियौं । संविधानमाथि आक्रमण भएको छ । संसद विघटन गरेर प्रतिगमनका विरुद्धमा हामीले संघर्ष गर्दा अभिव्यक्त विचारका आधारमा आज ओली नेतृत्वको सरकारले पक्राउ गरेको छ’, उनले भनिन्, ‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’
उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद पनि दिइन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले झाक्रीको गिरफ्तारिको विरोध गरेका छन् । यस्तै जर्नादन शर्माले पनि विरोध गरेका छन् ।




