पोखरा देखी सिमरा सिधा हवाई उडान सञ्चालन हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीका अनुसार आगामी फागुपुर्णीमाका दिन पोखरादेखी समराका लागि पहिलो उडान हुने छ ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई सातवटै प्रदेशसँग सिधा हवाई सम्पर्कले जोड्ने उद्देश्य अनुरुप हप्तामा तिन दिन बाराको सिमरा उडानको तयारी गरिएको मन्त्री विकास लम्सालले जानकारी दिए ।
मन्त्री लम्सालका अनुसार अव नियमित रुपमा आईतबार, बुधबार र शुक्रबार सिमराका लागि उडान हुनेछ । यसले पोखरा र सिमराको पर्यटन प्रवद्र्धनमा थप योगदान गर्ने विश्वास गरिएको छ ।
पोखरा सिमरा उडान विषयक छलफलमा प्रदेश निति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेलको सहभागीता रहेको थियो ।
यस्तै मन्त्रालयका सचिब डा.महेश्वर ढकाल, पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतम, यति र तारा एयरलाइन्सका वरिष्ठ निर्देशक सरल शमशेर जवरा, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईराला, उद्योग वाणिज्य संघ जितपुर सिमराका अध्यक्ष संजय कुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई लगायतको सहभागीता रहेको थियो ।




