गण्डकी प्रदेशमा विहिबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ४ जना र स्याङ्जाको पतलिबजार नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रा.लि पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ३ र पर्वतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७७७ पुगेको छ । हालसम्म २०३ जनाको मृत्यु भएको छ भने, अधिकांस विरामीहरु निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार