नागरिक अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ, भनेका छन् ।
उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताए । डा.केसीले ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका । संविधानको हत्या गर्ने उनी हत्यारा हुन्, समेत भनेका छन् ।
केसीले ३ बुँदे माग समेत राखेर फागुन १२ गतेदेखि अनशन घोषणा गरेका छन् । उनले संसद विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, संवैधानिक निकायहरुमा हालै गरिएका नियुक्ति रद्द गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विगतका अनशनमा भएका सम्झौता कार्यान्वयन गर्न माग अगाडी सारे ।
माग पूरा नभए ७७ जिल्लाको जुनसुकै ठाउँबाट पनि अनशन सुरु हुने केसीले बताएका छन् ।




