विश्वभक्त दुलाल (आहुती) ले प्रतिगमनको अन्त्य यहि व्यवस्थाको पुनरावृतिले सम्भव नहुने बताएका छन् । काठमाण्डौमा आयोजित रणनैतिक सयुक्त मोर्चाको घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बसका बस मानिसहरु माठकाण्डौमा उतारेर केहि नहुेन उनले बताए । परिवर्तनका लागि तल्लो तहका जनताहरु उठ्नु पर्ने आहुतिले बताए । सयुक्त मोर्चाको घोषणालाई उनले पहिलो चरणको कार्यक्रम भनेका छन् ।
अहिले मुलुकमा राजनीतिक समिक्षा आवश्यक रहेको उनले बताए । यो व्यवस्थामा प्वाल पर्न सुरु भएको उनले उल्लेख गरे । क्रान्तिकारीले यो प्वाललाई ठुलो भ्वानमा परिवर्तन गर्नुपर्ने आहुतीले बताए ।




