नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनका मतियारहरुको ठाडो आदेशमा नेतृ राम कुमारी झाक्रीलाई पक्राउ गरिएको बताएका छन् ।
आदिवासी जनजाती मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तथाकथित राष्ट्रपतिका विरुद्ध बोल्यो भन्ने नाममा झाक्रीलाई पक्राउ गरिएको भन्दै यो सह्य नहुने चेतावनी दिए । प्रहरीले उनलाई हिजोदेखी पक्रन बल गरेको भन्दै उनले प्रत्रानमन्त्रीको ठाडो आदेशमा नेपालको लोकतान्त्रीक आन्दोलन र कम्युनिष्ट पार्टीमाथी हमला भैरहेको उल्लेख गरे ।
प्रतिनिधिमुलक रुपमा झाक्रीलाई पक्राउ गरेर उत्पिडित जाति र समुदाय माथी प्रहार गर्न खोजिएको उनले बताए । प्रतिगमनकारीहरुले विचार र लोकतन्त्र माथी निरन्तर प्रहार गरिरहेको भन्दै उनले यसको शिलशिला छिट्टै अन्त्य हुने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे । प्रतिगमनको प्रतिवादका लागि मगरसमुदायको महत्वपुर्ण योगदान आवश्यक रहेको उनले बताएका छन् ।




