गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा ६ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा १६ जना र लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रा.लिमा गरिएको नमुना परिक्षणमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका २३ जना, स्याङ्जाका १ जना, बाग्लुङ्का १ र म्याग्दीका १ जना गरि २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ७५६ पुगेको छ । उनिहरु मध्ये २०३ जनाको मृत्यु भएको छ भने अधिकांस निको भएर डिस्चार्ज भएका छन् ।




