काम चलाउ सरकारका विरुद्ध काठमाण्डौमा विशाल विरोध जनसभा सम्पन्न गरिएको छ ।
विरोध सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री एंव पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायहरु काईते, निरंकुसता र ठगीधन्दाको पछि लाग्न नहुने बताए ।
पुर्वप्रधानमन्त्री एंव पार्टीका अध्यक्ष माधव कुमार नेपालले ओलीलाई उनको हर्कतका कारण आम नेपाली जनताहरुले धिक्कार गरेको उल्लेख गरे ।
पुर्व प्रधानमन्त्री एंव पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको आधिकारीकताका सम्बन्धमा कुनै पनि संवैधानिक निकायमा अलमल छ भने, आजको उपस्थितीले त्यसलाई दुर गरिदिएको बताए ।
पार्टीका प्रवक्ता एंव केन्द्रिय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले केपी ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने बैधानिक आधार नभएको जिकिर गरे ।
नेकपाको प्रचण्ड माधव समुहले आज काठमाण्डौ गरेको विरोध सभामा हजारौ मानिसहरुले सहभागीता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार