कामचलाउ सरकारका प्रवक्ता एंव संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वतन्त्रताको आडमा छाडा, उत्तेजित र व्यक्ति केन्द्रित अभिव्यक्ती दिनेहरुलाई नियमन गर्ने गरि सामाजिक संजाल संचालन सम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी गरिएको बताएछन् ।
मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सम्मानित अदालत र राष्ट्रपतिय संस्था प्रति लक्षित अभिव्यक्तिहरु दिने र सामाजिक संजाल तथा जिम्मेवार संचारसंस्थाहरुबाट समेत प्रशारण गर्ने गरिएको भन्दै खेद समेत व्यक्त गरे ।
लामो संघर्ष प्रश्चात प्राप्त लोकतान्त्रीक प्रणाली माथी प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेद तर्फ धकेल्ने खालको अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने गतिविधि खेदजन्य रहेको उनले बताए । यस प्रकारको अराजकता रोक्नका लागि सामाजिक संजाल संचालन सम्बन्धि निर्देशिका २०७७ आवश्यक रहेको प्रवक्ता गुरुङ्ले बताए ।




