गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा ८ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा २१ जना र लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रा.लिमा गरिएको नमुना परिक्षणमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका २५ जना, स्याङ्जाका २ जना, बाग्लुङ्का ४, पर्वतका ३ जना र म्याग्दीका १ जना गरि ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ७३० पुगेको छ । उनिहरु मध्ये २०३ जनाको मृत्यु भएको छ भने अधिकांस निको भएर डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार