स्याङ्जामा एक जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार स्याङ्जा हरिनास गाउ“पालिका ३ बलाम्दीका ४० वर्षीय तुल बहादुर रानालाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।
रानाको घर खानतलासी गर्दा घरको भुँई कोठाबाट भरुवा बन्दुक, बारुद र बन्दुकमा प्रयोग गरिने सिसाको छर्रा, हतियारमा प्रयोग गरिने राउण्ड र भरुवा बन्दुकमा प्रयोग हुने चापघोडा पनि बरामद गरिएको छ ।
रानालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




