पोखरा महानगरपालिकाको ८ औँ नगरसभा (विधान सभा) आजदेखी सुरु भएको छ । सभामा पाँच वटा विधेयक, एउटा कार्यविधि, १३ वटा ऐनहरुको संसोधन र चार वटा नियमावलीको संसोधन प्रस्ताव प्रस्तुत गरिएको महानगरका प्रवक्ता धन बहादुर नेपालीले गुगलपोखरा डटकमलाई जानकारी दिए ।
प्रवक्ता नेपालीका अनुसार कृषी ऐन २०७७, पोखरा महानगर पुर्वाधार विकास निगम ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, पर्यटन ऐन २०७७ र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७७ नगरसभामा विधेयकका रुपमा प्रस्तुत गरिएको हो । यस्तै लैगिंक हिंसा निवारण कोष संचालन कार्यविधि २०७७ पनि नगरसभामा प्रस्तुत गरिएको प्रवक्ता नेपालीले जनाए ।

नगरसभामा पोखरा महानगरपालिकाको आर्थिक कार्यविधि ऐन २०७५ (पहिलो संसोधन विधेयक), गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ (पहिलो संसोधन विधेयक), कर तथा गैरकर राजश्व सम्बन्धि ऐन २०७७ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका खेलकुद विकास ऐन २०७५ (पहिलो संसोधन विधेयक), सार्वजनिक निजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ (दोस्रो संसोधन विधेयक) र पोखरा महानगरपालिकाको पुर्वाधार विकासलाई व्यवस्था गर्न बनेको ऐन २०७५ (पहिलो संसोधन विधेयक) पनि पेश गरिएको छ ।

यस्तै कृषी व्यवसाय प्रवद्र्धन ऐन २०७४ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका सहकारी ऐन २०७५ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका सुशासन ऐन २०७५ (पहिलो संसोधन विधेयक), नगरप्रहरी ऐन२०७५ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन ऐन २०७४ (पहिलो संसोधन विधेयक), पोखरा महानगरपालिका बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन (२०७४ पहिलो संसोधन),पोखरा महानगरपालिकाको न्यायीक समिति ऐन २०७४ (दोस्रो संसोधन) पनि नगरसभामा पेश गरिएको प्रवक्ता नेपालीले बताए ।

महानगरको ८ औँ नगरसभाले कार्यविभाजन नियमावली (पहिलो संसोधन), कार्यसम्पादन नियमावली (पहिलो संसोधन), नगर कार्यपालिका निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली (पहिलो संसोधन) र शहरी योजना आयोग नियमावली (दोस्रो संसोधन) पनि संसोधन गर्ने भएको छ । प्रवक्ता नेपालीका अनुसार यरपालिको नगरसभामा विशेष प्रस्तावको रुपमा अवकास प्राप्त कर्मचारीको सुविधा र स्विकृत वार्षिक बजेटमा संसोधन तथा परिमार्जन सम्बन्धि प्रस्तावहरु समेत प्रस्तुत गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार