पोखरा महानगरपालिका वडा नं.१७ सितापाईलामा भएको भनिएको गोलि काण्डबारे पिडितले दिएको बयानलाई मेडिकल रिपोर्टले खारेज गरिदिएको छ । गण्डकी मेडिकल कजेजमा गरिएको स्वास्थ्य जाँचमा पीडितको पेटमा लागेको चोट गनशत नभएको पुष्टि भएपछि उनको बयान र रिपोर्टमा फरक परेको हो ।
तर, घाइते मनोज भन्छन्, “कालो कालो बच्चाको खेलौना जस्तो बन्दुक देँखे, के हो दाई भनेर सोध्दा घोप्टो पर भन्यो, बाईकको चावी अनि हेलमेट दे अनि घोप्टो पर भन्यो, अनि दिन्छस् कि हान्दिम भन्यो, किन दिने दाई भन्दा उसले भलाट्टै छोड्डीहाल्यो, बड्याङग आवाज आएको थियो, उनले थपे, अनि यहाँ…,रियल्ली हो के, मैले रियल्ली देखेको छु…..।”

कास्की प्रहरीले पनि पिडित भनिएका ति युवा आफै मोटरसाईकल लिएर (सितापाईला देखी वैदामसम्म) प्रहरी कहाँ पुग्नु, घट्नास्थल भनिएको स्थानमा कुनै संकेत फेला नपर्नु र स्थानियहरुले समेत घट्नाका बारेमा कुनै जानकारी नपाएको बताउनु लगाएतका कारणले यो गोली काण्ड होईन भन्ने कुरालाई पुष्टि गर्ने बताएको छ ।
तर, प्रहरी प्रवक्ता सुवास हमालले भने उक्त घट्नाका बारेमा आफुहरुले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएका छन् । पर्वतको मोदि गाउँपालिका वडा नं.८ का मनोज विश्वकर्मा पेटमा दुवै तर्फ छेडिएको अवस्थामा प्रहरी कहाँ पुगेका थिए । स्वास्थ्य परिक्षणमा गनशट नभई कुनै तिखो गोलो वस्तुले छेडेको पाईएको उपचारमा संलग्न डा.केशव शर्माले बताएका छन् ।
अवस्था सामान्य रहेका मनोजको आन्द्रा र मृर्गौलामा असर परेको डा.शर्माले बताए । पोखरा महानगरपालिका वडा नं.२३ कार्की तहरा बस्दै आएका वि.क पोखरामा ईलेक्ट्रिसियनको काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार