नेपालमा हालसम्म १ लाख ५७ हजार ४८७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड १९ खोप अभियान अन्तरगत २०१ खोप बुथहरुबाट ७७ जिल्लाका १ लाख ५७ हजार ४८७ जनाले खोप लिएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाकारी दिए ।
डा.गौतमका अनुसार हालसम्म प्रदेश नं.१ मा २१ हजार ७५४, प्रदेश नं.२ मा २१ हजार १८५, बाग्मतिमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा ८ हजार ७२ र सुदुरपश्चिममा १० हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् ।
पहिलो चरणको खोप अभियान शनिबारसम्म चल्ने भएकाले सुचना प्रणालीमा दर्ता नभएका लक्षित समुहलाई मन्त्रालयले सम्बधित बुथहरुमा गएर खोप लगाउन आग्रह समेत गरिएको छ ।
सर्वाधिकार सुरक्षित ©Googlepokhara




