भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई सम्मान अर्पण गरेको छ । संस्थाद्धारा आयोजित दोस्रो स्थापना दिवस तथा उत्कृष्ट राष्ट्रसेवक कर्मचारी सम्मान अर्पण कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका तत्कालिन कार्यालय प्रमुख रामकाजी श्रेष्ठलाई उत्कृष्ट राष्ट्रसेवक कर्मचारी सम्मान २०७६ अर्पण गरेको अध्यक्ष तिलक पराजुलीले जानकारी दिए ।
श्रेष्ठलाई वनजन्य सम्पदा क्षेत्रमा भैरहेको दण्डहिनता न्युनिकरण, पर्यावरण संरक्षण एंव नागरिकको चुस्तदुरुस्त सेवाप्रवाहमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको हो । सो अवसरमा नापी कार्यालय कास्की प्रमुख ई.खिमलाल गौतम र जिल्ला प्रशासन कार्यालय कास्कीका तत्कालिन शाखा अधिकृत लक्ष्मण बराललाई पनि सम्मान अर्पण गरिएको छ ।

ई.गौतमलाई नापी कार्यालय कास्कीमा नागरिकको सहज पहुँचका लागि आधुनिक प्रविधि मार्फत मोवाईल एप्सको स्थापना गरि सुशासन प्रवद्र्धनमा योगदान गरेको र बराललाई कोभिड १९ को बन्दाबन्दीमा समेत कर्तव्यनिष्ठ भई आमनागरिकको सेवा प्रवाहमा अहोरात्र खटेको भन्दै सम्मान अर्पण गरिएको प्रतिभा छनौट समितिका संयोजक एंव नागरिक अभियान्ता राम बहादुर पौडेलले जनाकारी दिए ।
उनिहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यसचिव बिष्णुप्रसाद नेपालले सम्मान अर्पण गरेका हुन् । संस्थाले भ्रष्टाचार विरुद्ध नागरिक तवरबाट निरन्तर खबरदारी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार