नेपालमा कुष्ठरोग उन्मुलनका चुनौतीहरु अझै कायम रहेका सरोकारवाला स्वास्थ्यकर्मीहरुले बताएका छन् । ६८ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा पोखरामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम बोल्दै स्वास्थ्यको क्षेत्रमा निकै लामो अनुभव संगालेका स्वाथ्यकर्मीहरुले यस्तो बताएका हुन् ।
गरिबी, अशिक्षा, अज्ञानता, पछौटेपन र वेवास्ता लगायतका कयौन कारणहरुले मानिसलाई रोगको पहिचानमा विलम्ब भैरहेको र त्यो जटिल बनिसकेपछि मात्र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा आउने गरेका कारण यसको उन्मुलन तत्कालका लागि थप चुनौतीपुर्ण बनेको हो ।
हाल नेपालमा २ हजार ४४ जना कुष्ठरोगीहरुको उपचार भैरहेको छ । ति मध्मे १ हजार २ सय ५५ जनामा जटिल प्रकारको कृष्ठरोग देखिएको छ । यसको मतलव उनिहरुमा देखिएको कुष्ठरोगमा धेरै किताणुहरु पाईएका छन् ।
यता गण्डकी प्रदेशमा हाल १०२ जना कुष्ठरोगीहरुको उपचार धैरहेको छ । उनिहरु मध्ये हिमाली जिल्लाका १ जना, पहाडी जिल्लाका ८७ जना र बाँकी तराईका जिल्लाहरुमा उपचाररत छन् । चालु आर्थिक वर्षको पहिलो चार महिनामा गण्डकीमा थप २४ जना नयाँ बिरामी फेला परेका छन् भने उनिहरुको समेत उपचार चलिरहेको छ ।
पछिल्लो पटक कोरोना जस्तौ कुष्ठरोगको पनि कन्त्याक ट्रेसिङ अर्थात लामो समयसम्म कुष्ठरोगीको सम्पर्कमा रहेका मानिसहरुको पहिचान र परिक्षणको काम भैरहेको स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जनाकारी दिएका छन् ।
कृष्ठरोगीलाई सामाजिक रुपमा आत्मसम्मान र स्नेह प्रदान गर्नुपर्ने चिकित्सकहरुले बताए । रोगीलाई गरिने फरक व्यवहारलाई निदानको उपायका रुपमा नलिन उनिहरुले आग्रह समेत गरे । वर्षौसम्मको सामिप्यता बाहेक कुष्ठरोग सामान्य भेटघाटले नसर्ने हरियो खर्क अस्पतालका छाला तथा कुष्ठरोग विशिषज्ञ डा.रमेश शर्माले बताए ।
यसवर्षको विश्व कुष्ठरोग दिवस आईतबार नेपालमा “कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता” भन्ने नाराका साथ मनाईदैछ । विश्वमा प्रत्येक वर्ष २ लाख बढि मानिसहरुमा कुष्ठरोग देखिने गरेको छ ।




