नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीलाई सामन्त र दलाल पुजिँपतिका एजेन्टको संज्ञा दिएका छन् ।
धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “केपि ओली जस्ता कम्युनिष्ट पार्टी भित्र घुसेका सामन्तका एजेन्ट, दलाल पुँजिपतिका एजेन्टहरुलाई हामीले तिन महिना भित्र उनको निरङकुसतालाई भत्काई दिनुपर्नेछ, र जनतको विकास र समृद्धिको युग तिर लैजानु पर्नेछ ।”
पार्टी फुटेको नभई ओली गुट चोईटिएर गएको उनले टिप्पणी गरे । उनले भने, “पार्टी फुटेको छैन्, केपी ओली चोईटिएको हो ।” सुदुरपश्चिमबाट पटकपटक मन्त्री बनेका लेखराज भट्ट अहिले दलालको पनि दलाल बनेको प्रचण्डले टिप्पणी गरे ।
आफ्नो परिवारका लागि राजनीति गरेको भनि केपी ओलीले पटक पटक आरोप थोपरेपछि अध्यक्ष प्रचण्डले त्यसको पनि जवाफ फर्काए । उनले भने, कि म निसन्तान भईन, मेरा छोरा छोरी भए मेरो गल्ति हो ? क्रान्तीको मोर्चामा बन्दुक बोक्न सक्नेहरु बन्दुक बोकेर र भुमिगत काम गर्नेहरु भुमिगत बनेर गरेको योगदानलाई ओलीले अपब्याख्या गरेको उनले टिप्पणी गरे ।
उनले भने, “छोराछोरी आन्दोलनमा लागे, क्रान्तिमा लागे, कोही जेल बसे, त्यो चाँही नदेख्ने तर, छोराछोरी ठुला भएपछि छोरा भए बुहारी र छोरी भएपछि ज्वाई हुन्छन्, म निसन्तान भईन्, मेरो दोष हो यो ?”
केपि ओली जति अमानविय र रुखो मानिस यस संसारमा आफुले नदेखेको उनले बताए । केपी ओली वैईमान र जाली मानिस बाहेक केही हुन नसक्ने उनले टिप्पणी गरेका छन् ।




