गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले छोट्टो समयमा भएको कोरोना विरुद्ध खोपको उपलब्धतालाई मानवजातिको निकै ठुलो उपलब्धी भनेका छन् । यस क्रममा वैज्ञानिकहरुले मानव जिवनको रक्षाका खातिर निकै ठुलो मिहेनत गरेको उनले बताए ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागिका प्रदेश सरकार प्रतिवद्ध रहेको बताउदै उनले पहिलो चरणमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने योजना अनुसार आजदेखी औपचारीक रुपमा शुभारम्भ गरिएको उल्लेख गरे । परिक्षण पश्चात पुर्ण सुरक्षित प्रमाणित भएको उक्त खोप निर्धक्कका साथ लगाउन उनले सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरे ।

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज खोप मध्ये नेपाल सरकारले गण्डकी प्रदेशका लागि ३९ हजार १ सय ३९ डोज प्रदेशमा पठाएको छ । सो खोप प्रदशेका सवैजसो जिल्लाहरुमा पुगि सकेको छ ।
गण्डकी प्रदेशका सबै जिल्ला अस्पतालहरु तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम संचालन गरिएको छ । खोप आज देखी १८ सम्म १८ बर्ष भन्दा माथि तोकिएका लक्षित वर्गलाई पहिलो मात्रा र दोश्रो मात्रा २८ दिन पछि दिईने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार