लोक कलाकार धन बहादुर गायकको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ का गायकको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा आज बिहान निधन भएको हो ।
यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायत कयौन चर्चित गीतका सर्जक गायकको विगत तिन दिनदेखी मणिपाल अस्पतालको आईसियुमा उच्च रक्तचापको उपचार भैरहेको थियो ।
राष्ट्रिय लोक बाजा र सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष समेत रहेका गायकको निधनले सिंगो संगितको क्षेत्रलाई अपुरणिय क्षति पुगेको उनका समकक्षीहरुले बताएका छन् ।

उनको निधनमा पोखराका अग्रज संस्कृतिकर्मी तिर्थ श्रेष्ठले पनि गहिरो दुख व्यक्त गरेका छन् । उनि लेख्छन्, “धनबहादुर गायक रहेनन । ह्दयाघातबाट उनको देहावसान भयो । डाँफे कला मन्दिर देखि संगीत प्रशिक्षण केन्द्र, झलकमान गन्धर्व सारंगी पाठशाला र पोखराका हरेक जस्तो सांगीतिक गतिविधिमा उनको संलग्नता रह्यो ।”
श्रेष्ठ अझै सम्झिन्छन्, २०७६ को विजया दशमीको अवशरमा गन्धर्व समूहबाट बिन्ध्यबासिनी बाटिकामा नवरात्र भर सारंगीबाट मालश्री धुन बजाउने कुरामा हामीले सहकार्य गरेका थियौं । हंसिलो, मिजासिलो र फूर्तिलो धनबहादुर एक कुशल र असल संगीतकर्मी थिए । उनको असामयिक अवशानले पोखराको सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । हार्दिक श्रद्धाञ्जली ।”
गायकको निधन प्रति केभसिटी मिडिया प्रा.ली गहिरो दुख व्यक्त गर्दछ । साथै उनको दिवांगत आत्माको चिर शान्तिको कामना सहित शोकसंन्तप्त परिवारजन तथा आफन्तहरुलाई धर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार