गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ६ र बाग्लुङका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै लाइफकेयर एण्ड डाइग्नोस्टिक प्रालिमा गरिएको नुमना परिक्षणमा पोखरा महानगरपालिकाका १० सहित पर्वतको कुस्मामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ६ जना, लमजुङ, बाग्लुङ र म्याग्दीका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ४०१ पुगेको छ ।




