नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली भन्दा वेइमान मान्छे यस धर्तीमा कोही नभएको टिप्पणी गरेका छन् । उनले भने, “केपी ओली भनेको इमान्दारीताको प्रतिक हुदै होईन् ।”
ओली पार्टी अनुसासनमा चल्न नसक्ने गतिछाडा व्यक्ति भएको भन्दै नेपालले गुटमा रमाउने प्रवृति ओलीमा हावी भएको दावी समेत गरे । विस्वास गरिएका उनीबाट नै संविधानमाथी कुठाराघात भएको र संविधान कुल्चने काम भएको अध्यक्ष नेपालले उल्लेख गरे ।
ओली संविधान, लोकतन्त्र, गणतन्त्र, समावेसिता लगायतका उपलब्धिहरुको रक्षामा इमान्दार नभएको र चुनावको नाटक रचेर जनतालाई भुलभुलैयामा पार्ने दाउमा रहेको अध्यक्ष नेपालले आरोप लागए । मुलुकमा संकटकाल लगाएर भएपनि सत्तामा ताँसिएर बस्ने चाहानाले ओली पतनको बाटोमा लागेको उनले ठोकुवा गरेका छन् ।




