गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २०३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरेहको कोरोना भाइरस संक्रमणसंग सम्बन्धित मृत्युको संख्या गण्डकीमा २०३ पुगेको हो ।
कोरोनाका कारण कास्कीमा सवैभन्दा धेरै ११२ जनाले ज्यान गुमाएका छन् भने तनहुँमा २४ जना, नवलपुरमा २२ जना, स्याङ्जामा १७ जना र गोरखामा ९ जनाको मृत्यु भएको छ । यस्तै बाग्लुङ्मा ८ जना, लमजुङमा ५ जना, पर्वत र म्याग्दीमा ३÷३ जनाले ज्यान गुमाएका छन् ।
यसरी कोरोनाका कारण प्रदेशको मनाङ र मुस्ताङ बाहेकका जिल्लामा मानिसहरुको ज्यान गएको छ । हालसम्म कुल संक्रमितको संख्या १५ हजार ३३८ पुगेको छ । १४ हजार ६६१ जना निको भएका छन् भने ४६४ जनाको उपचार भैरहेको छ । विवरण अनुसार ४३८ जना होम आइसोलेसनमा रहेका छन् ।




