प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
उनी राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्री बीच भएको भेटमा के कुराकानी भयो भन्ने बारेमा कुनै पनि जानकारीहरु सार्वजनिक गरिएका छैनन् ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा अनुसार सो भेट भएको हुन सक्ने अनुमान गरिएको छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गरिरहेका छन् । गत पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा संसद अपदस्त गरेपछि राष्ट्रपति भण्डारीको समेत आलोचना भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार