नेपाल पत्रकार महासंघ कास्की शाखाको १५ औं साधारणसभा शुक्रबार हुँदैछ । सो अवसरमा आधा दर्जन बढि पत्रकारिता सम्बन्धि पुुरस्कारहरु प्रदान गर्ने तयारी गरिएको छ ।
दयाशंकर पालिखे पत्रकारिता पुरस्कार पूर्वअध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार पत्रकार अर्जुन गिरी र भीम थापा, मिना सृजनशील पत्रकारीता पुरस्कार रोशनी गुरुङलाई प्रदान गरिने भएको हो ।
यस्तै टंकादेवी तलुुसीप्रसाद पत्रकारिता पुरस्कारबाट कमल पोडैल अथक र मोतीसागर अधिकारी, गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार भने पत्रकार भरत कोइराला र आर्थिक पत्रकारिता पुरस्कार पत्रकार गोविन्द सुवेदीलाई प्रदान गरिने अध्यक्ष दिपेन्द्र श्रेष्ठले जनाकारी दिए ।
साधारणसभाको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्धघाटन गर्ने भएका छन् ।




