गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले चुनाव लोकतान्त्रीक पार्टीका लागि जनताको बिचमा जाने मौका भएको बताएका छन् । जनतालाई ठुलो मान्ने कुरा चुनावले मात्र पुष्टि गर्ने उनले बताए ।
दल भित्रका नेताहरुको स्वार्थमा सरकारलाई घेराबन्दिमा राख्ने कुरा सह्य नभएपछि प्रधानमन्त्री चुनावमा जाने निष्कर्षमा पुगेको उनले बताए । पार्टीको सुद्धिकरण र सुधारका लागि समेत चुनाव महत्वपुर्ण हुने गुरुङ्ले बताए ।
प्रधनमन्त्रीले संविधानमा टेकेर गर्ने काम असंवैधानिक हुन नसक्ने उनले बताए । संविधानले राष्ट्रपतिलाई थप अधिकार नदिएको भन्दै सरकारको निर्णयलाई सदर गर्नुको विकल्प नरहने उनले बताए । व्यवस्था बचाउन गरिएको संसद विघटन असंवैधासिनक र अलोकतान्त्रीक नहुने उनले दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार