संसद विघटन विरुद्ध नेकपा निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
जस अनुसार आज सरकारका मन्त्रीहरु कालो झण्डा देखाउने र कलेजहरुमा कालो व्यानर राखी विरोध प्रदर्शन गर्ने, पौष २२ गते लाल्टिन, सिठ्ठी र लाठ्ठी जुलुस गर्ने, पौष २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्लादहना गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
यस्तै २४ गते सिडियो कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने, २५ गते सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाढा प्रर्दशन गर्ने, २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गित र गजल बाचान कार्यक्रम गर्ने, २८ गते सडक आर्ट तथा नाटक र २९ गते सडक प्ले कार्ड सहित कार्टुन प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको सहसंयोजक रञ्जित तामाङ्ले जानकारी दिएका छन् ।
पछिल्लो पटक ओलि सरकारको कदमको चौतर्फी विरोध भैरहेको छ ।





