गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालिमा गरिएको नमुना परिक्षणमा पोखरामा महानगरपालिकाका २५ र स्याङ्जाका १ सहित २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ७२५ पुगेको छ ।




