कोरोना भाइरसको संक्रमणका कारण पोखरामा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार फिस्टेल अस्पतालमा उपचाररत स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पौने ६ बजे मृत्यु भएको हो ।
यससंगै गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण १९४ जनाको मृत्यु भएको छ ।




