कोरोना भाइरस संक्रमणका कारण पोखरामा थप एक जना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.७ की ८२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।




