नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ । संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न पुस ७ गतेदेखि १० गतेसम्म चलेको कांग्रेसको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बोन्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेसले जनाएको छ ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।
सभापति शेरबहादुर देउवा भने संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आन्दोलन मार्फत अदालतलाई दबाब दिन नहुने पक्षमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार