अपदस्त गरिएको प्रतिनिधि सभा पुर्नस्थापना नहुने प्रधानमन्त्री खड्कप्रसाद ओलीले दावी गरेका छन् ।
प्रज्ञाभवन कमलादीमा जारी आफु पक्षिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना हुने भनि गरिएका कुप्रचारहरुको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोग र सुरक्षा निकाय लगायत राज्यका संयन्त्रहरु निर्वाचनको तयारीमा लागेको भन्दै उनले पुर्नस्थापना असम्भव रहेको उनले बताए । आफुले संविधानमा गरिएको प्रधानमन्त्रीको अधिकार प्रयोग गर्दै आफुले संसद विघटनको सिफारिस गरेको दावी गरे ।
अदालत र निर्वाचन आयोग असली चिजको पहिचान गर्न सक्षम रहेको उनले बताए । निर्वाचन चिन्ह र पार्टीको नाममा शंका नगर्न उनले आश्वस्त बनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार