पोखरा महानगरपालिका वडा नं.५ स्थित फिर्केखोलामा भएको अतिक्रमणलाई रोक्न नागरिक समाज कास्कीले स्थानिय जनप्रतिनिहरुको ध्यानाकर्षण गराएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.५ का अध्यक्ष धन बहादुर नेपालीलाई सम्बोधन गरि बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “पोखरा ५ पस्र्याङ स्थित ज्ञान बहादुर कोईरालाको घर जग्गासंगैको फिर्केखोलाको मध्यविन्दुबाट रिटेनिङ पर्खाल लगाई झण्डै दुई रोपनी क्षेत्रफल सार्वजनिक खोलाको भुभाग अतिक्रमण भैरहेको व्यहोरो तपाँई लगायत पाँचै जना जनप्रतिनिधिलाई सञ्चारकर्मीहरुको रोहबरमा गतवर्ष स्थलगत अवलोकन सहित पर्खाल भत्काउनका लागि अनुरोध गरिएकामा हालसम्म कुनै कारवाही नभएकोले नागरिक समाज कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ ।”
सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्वको पालनामा स्थानिय जनप्रतिनिधिहरुले विलम्ब गरिरहेका प्रति उनिहरु खेद प्रकट गरेका छन् । साथै उनिहरुले अगाडी भनेका छन्, “त्यसक्षेत्रको १०० फिट खण्डमा क्रमशः पुर्ने क्रम जारी नै रहेकोले रिटेनिङ पर्खाल अविलम्ब भत्काई अतिक्रमणकारीलाई हदैसम्मको कारवाही गरि बढ्दो दण्डहिनताको अन्त्य गर्न जोडदार माग गर्दछौँ ।”

सो पत्रमा पोखरा महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरालाई बोदार्थ उल्लेख गरिएको छ । पत्र बुझाउदै नागरिक समाजकी संयोजक इन्द्रकमल मानन्धरले स्थानिय जनप्रतिनिधिको चासो कम देखएिको बताईन् ।
संस्थापक संयोजक राम बहादुर पौडेलले सार्वजनिक जग्गा माथीको अतिक्रमण कुनै हालतमा स्विकार्य नहुने उल्लेख गर्दै त्यसप्रकारको बद्नियत भएका अतिक्रमणकारीहरुलाई आवश्यक छानविन गरि कानुनको दायारामा ल्याउनु पर्ने बताए ।
पत्र बुझ्दै पोखरा महानगरपालिकाका प्रवक्ता एंव वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले स्थानिय सरकारको आखाँ छलेर भैरहेका यस्ता कार्यहरु प्रति आफुहरुको ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक छानविन गरिने बताए ।
पोखराको बिचभाग भएर बग्ने फिर्केखोला अधिकांस स्थानमा अतिक्रमणमा परेको छ । सो सम्बन्धमा स्थानिय सरकार मौन देखिएको सरोकारवालाहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार