नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालतमा विचाराधिन मुद्धामा नबोल्ने बताएका छन् । संसद विघटनको विषय अहिले अदालतमा रहेको उल्लेख गर्दै उनले अदालतले पक्ष व विपक्ष जस्तोसुकै निर्णय गरेपनि आफुहरुले मान्ने बताए ।
संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं.२ कार्यसमितिद्वारा आयोजित बिरोध सभामालाई सम्बोधन गर्दै सभापति देउवाले सरकार र संसदले बद्मासी गरेपनि अन्तिम फैसला अदालतले गर्नें भएकाले अदालतको फैसला नेपाली कांग्रेसलाई स्विकार्य हुने बताए ।
अदालतलाई आफुहरुले यो गर वा उ गर नभन्ने, संसद विघटनको पक्ष र विपक्षमा समेत प्रदर्शन नगर्ने उनले बताए । तर, प्रधनमन्त्री ओलिको असंवैधानिक र अलोतान्त्रिक कदम प्रजातन्त्रको खिलापमा रहेको उनले टिप्पणी गरे ।




