पोखरा महानगरपालिकाका थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा ११ र लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा गरिएको परिक्षणमा थप १८ जनामा कोेरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो पटक पोखरामा भेला, विरोध तथा आन्दोलन लगायतका कार्यक्रमहरु समेत भैरहेकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।




