पोखरामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं. ५ का ७१ वर्षिय संक्रमित पुरुषको हिजो बेलुकी मृत्यु आज दिउँससो १ बजे मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९१ पुगेको छ ।




