कास्कीमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जसमा पोखरा महानगरपालिकाका ३७ जना र माछापुच्छ्रे गाउँपालिकाका १ जना रहेका छन् । पछिल्लो समय पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्यामा वृद्धि देखिएको छ ।
गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेहरु पनि सवैभन्दा धेरै पोखरा महानगरपालिका कै रहेका छन् ।




