बाग्लुङमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा बाग्लुङका विभिन्न स्थानिय तहका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
बाग्लुङको काठेखोला गाउँपालिकाका २ जना, बाग्लुङ नगरपालिकाका ६ जना र धौलागिरी अस्पतालमा ६ जनालाई कोरोना देखिएको हो ।




