गण्डकी प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ४९१ जनाको नमुना परिक्षण गरिएकामा कास्कीका ३३ सहित गण्डकीका थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज स्याङ्जाका ४ र तनहुँका ३ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ५९ पुगेको छ । हाल १७ सय ५ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

आज तनहुँको व्यास नगरपालिका वडा नं. ५ का ६४ वार्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै गण्डकीमा १८८ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमँएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार