कोरोना भाइरसको संक्रमणका कारण पोखरामा ३ सहित चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत ४ जना कोरोना संक्रमितहरुको वितेको २४ घण्टामा मृत्यु भएको हो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा १० का ८१ वर्षीय पुरुष, फिस्टेल अस्पतालमा उपचाररत पोखरा १३ का ५१ वर्षीय पुरुष, चरक मेमोरियलमा उपचाररत पोखरा ७ का ६५ वर्षीय पुरुष र शुक्लागण्डकी ८ तनहुँका ७४ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ ।




