गण्डकी प्रदेशमा आज ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका ११ मध्ये ७ जिल्लामा आज कोरोनाका संक्रमितहरु थपिएका हुन् ।
विवरण अनुसार कास्कीमा ६९ जना, नवलपुरमा ९ जना, लमजुङ्मा ८ जना, तनहुँमा ५ जना, म्याग्दी र स्याङ्जामा २–२ जना र गोरखामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ९७६ पुगेको छ ।




