पोखरामा २ जना कोरोना संक्रमितहरुको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा उपचाररत उनिहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
पोखरा १३ की ६६ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल र लमजुङ्को मध्यनेपाल नगरपालिका वडा नं.७ की ८७ वर्षीय महिलाको कास्की सेवा अस्पातलमा उपचारका क्रममा निधन भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार