कोरोना भाइरसको संक्रमणका कारण पोखरा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७६ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।




