गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले कास्कीको मादि गाउँपालिको मकैखोलामा निर्माण गरिने मोटरेवल पुलको शिलन्यास गरेका छन् ।
पुल थुम्सीकोट—भाचोक—कमादी सडकमा पर्छ । जसको निर्माण कार्य द्रुत गतिमा हुने मुख्यमन्त्री गुरुङले विश्वास लिएका छन् ।
आरसिसी टी बिम प्रविधिमा बन्ने पुल गजेन्द्र निर्माण सेवाले रु.२ करोड ३२ लाख ६९ हजारको लागतमा निर्माण गर्नेछ ।
पुलको लम्बाइ २५ दशमलव ६५ मिटर हुनेछ । पुल २०७८ सालको साउन २१ गते निर्माण पूरा गर्ने सम्झौता छ ।




